अाईपीएल अक्सन : कुन समूहले कति खेलाडि किन्न पाउने ?

 पुस ३, २०७५ मंगलबार ११:५८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिग आईपीएलको आउँदो प्रतियोगिताका लागि आज खेलाडीहरुको अक्सन हुँदै छ । पहिलो पटक बेंग्लोर बाहिर हुन लागेको अक्सनमा ३४६ खेलाडीहरु रहेका छन् । नेपालका युवा बलर सन्दीप लामिछाने दिल्लीबाट खेल्ने पक्का भएकाले उनी भने अक्सनमा छैनन् । 

मंगलबार दिउँसो पौने ३ बजेबाट सुरु हुने अक्सनमा सबैभन्दा बढी ७० जना खेलाडीहरुको खरिद हुने छ । त्यसमध्ये किंग्स इलाभेन पञ्जाबले सबैभन्दा धेरै १५ खेलाडी किन्न पाउने छ । तर चेन्नाई सुपर किंग्सलाई भने २ जना मात्रै खेलाडी खरिद गर्न पाउने अधिकार रहेको छ । चेन्नाईसँग खेलाडी खरिद गर्न ८.४ करोड रुपैयाँ छ भने पञ्जाबसँग ३६.२० करोड रुपैया रहेको छ । 

चेन्नाई आईपीएल ११ को च्याम्पियन टिम हो । उसले गएकाे संस्करणका  २३ खेलाडीलाई रिटेन गरेको छ । जसमा १५ भारतीय र ८ विदेशी खेलाडी छन् । अहिलेसम्म ७३.६ करोड रुपैयाँ खर्च भइसकेको छ । त्यसैले ८.४ करोड रुपैयाँ बचेकाले यसबाट २ जना भारतीय खेलाडी खरिद गर्न सक्ने छ ।

सनराईजर्स हैदराबाद पुरानै संस्करणका खेलाडीमाथि भर परेको छ । उसले २० खेलाडीलाई रिटेन गर्दा ७२.३ करोड खर्च गरिसकेको छ ।  उसको अहिले  ९.७ करोड बाँकी रहेकाले यसबाट कम्तिमा ३ भारतीय र २ विदेशी खेलाडी किन्नुपर्ने छ । 

कोलकता नाइटराइडर्स गएकाे संस्करणमा क्वालिफायर–२ सम्म पुगेको थियो । उसले पुराना १३ खेलाडीलाई रिटेन गरको छ । अब उसले बढीमा १२ खेलाडी खरिद गर्न पाउने छ । जसमा सातजना भारतीय र ५ जना विदेशी खेलाडी हुने छन् । उसँग १५.२ करोड रुपैयाँ बाँकी रहेको छ ।

राजस्थान रोयल्स गत संस्करणमा एलिमिनेटर राउण्डबाट बाहिर पुगेको राजस्थानले १६ खेलाडीलाई रिटेन गरेको छ । जसमा ११ भारतीय र ५ विदेशी खेलाडी छन् । १६खेलाडी रिटेन गर्दा ६६.८ करोड खर्च गरिसकेकाले उसँग अब २०.९५ करोड रुपैयाँ बचेको छ । जसले ६ भारतीय र ३ विदेशी खेलाडी खरिद गर्न पाउने अवस्था छ ।

मुम्बई इन्डियन्स तीन पटकको च्याम्पियन भइसकेको टिम हो । तर गत संस्करणमा उसले क्वालिफायरको यात्रा पनि  तय गर्न असफल भउकोथियो । तर उसले पुरानै खेलाडी माथि भर परेको छ । १८ जना पुरानै खेलाडीलाई रिटेन गरेको मुम्बईले ७०.८५ करोड खर्च भइसकेको छ । ११.१५ करोड रुपैयाँ बचेकाले ६ जना भारतीय र एक जना विदेशी खेलाडी किन्न पाउने छ ।

रोयल च्यालेन्जर्स बेंग्लोर गत संस्करणमा छैटौं स्थानमा रहँदै प्रतियोगिता टुंगाएको थियो । उसले आउँदो आईपीएलका लागि १५ खेलाडीलाई रिटेन गरेको छ । यसमा ९ भारतीय खेलाडी छन् भने ६ जना विदेशी खेलाडीमाथि भर परेको छ । उसले अहिलेसम्म ६३.८५ करोड खर्च गरेकाले बाँकी रहेको १८.१५ करोड रुपैयाले ८ जना भारतीय र २ जना विदेशी खेलाडी खरिद गर्न सक्ने छ ।

किंग्स इलाभेन  पञ्जाब गएकाे संस्करणमा क्वालिफायरमा पुग्न असफल भएको थियो । जसका कारण उसले धेरै खेलाडीलाई रिटेन गरेन । जम्मा १० खेलाडी रिटेन गरेको पञ्जाबसँग नयाँ खेलाडी किन्न ३६.२ करोड रुपैयाँ बचेको छ । त्यसैले पञ्जाबले ११ जना भारतीय र ४ जना गरि सर्वाधिक १५ खेलाडी किन्न सक्ने छ ।

गएकेाे संसकरणसम्म दिल्ली डेयरडेविल्सबाट खेलेकोमा यस पटक नाम परिवर्तन भएर दिल्ली क्यापिटल्स भएको छ । यसमा नेपाली युवा बलर सन्दीप लामिछाने खेल्दैछन् । गएकाे संस्करणका पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपसहित १५ खेलाडीलाई दिल्लीले रिटेन गरेको छ । रिटेन गर्दा ५६.५ करोड खर्च गरेको दिल्लीसँग अब बाँकी रहेको २५.५ करोडले सात जना भारतीय र ३ जना विदेशी खेलाडी खरिद गर्न सक्ने छ ।

 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया