नेभिगेशन
शुक्रबार, कात्तिक २०, २०८३

राति कपिलवस्तु र अर्घाखाँचीमा ठूलो वर्षा

काठमाण्डौ – गएराति कपिलवस्तु र अर्घाखाँचीमा ठूलो पानी परेको छ । बितेको ६ घण्टामा कपिलवस्तुको भवगानपुरमा ९६ मिलिमिटर र अर्घाखाँचीको राङसिङमा ६७ मिलिमिटर पानी परेको छ। दाङ, मनाङ, कास्की, लमजुङ लगायतका जिल्लामा पनि मध्यम खालको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु केही ठाउँमा फाट्टफुट्ट पानी परेको छ ।

अब ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । काठमाण्डौ उपत्यका सहित देशका विभिन्न ठाउँमा अत्यधिक वर्षा गराएको मौसमी प्रणाली देशबाट बाहिरिएको छ । शुक्रवार र शनिवार धेरै ठाउँमा वर्षा गराएको प्रणाली हिजो दिउँसोदेखि बाहिरिएको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । कोशी जलाधारको केही ठाउँमा हिजो दिनभर भएको वर्षा पनि रोकिएको छ । वर्षा रोकिए पनि कोशी नदीको बहाव अझै उच्च रहेकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसमविदको सुझाव छ ।

तत्काल ठूलो वर्षा गराउने अर्को प्रणालीको सम्भावना नरहेको पनि मौसमविदको भनाई छ । पछिल्ला दिनमा वर्षा गराएको प्रणाली बाहिरिए पनि मनसुन बाहिरिएको छैन । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात असोज १६ गते भए पनि अझै केही दिन मनसुन कायमै रहने मौसमविद्को अनुमान् छ ।

प्रकाशित मिति:
थप समाज