बलात्कारको आरोपमा एक युवक पक्राउ

 पुस ३, २०७५ मंगलबार १८:५५:३४ | उज्यालो सहकर्मी

तेह्रथुम – तेह्रथुमको आठराई गाउँपालिका–४, इवाबाट १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

बलात्कारको आरोपमा २६ वर्षीय डोलेश्वर लिम्बू पक्राउ परेका हुन् । 

लिम्बूले किशोरीलाई ललाइफकाई गरी मंसिर २६ गते जबरजस्ती करणी गरेको भनी पीडित किशोरीकी आमाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक नारायणप्रसाद गौतमले बताउनुभयो ।

पक्राउ परेका लिम्बूलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुममा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया