कांग्रेसले धोका दिएकाले चुनावमा राप्रपा हार्‍याे : अध्यक्ष थापा

 पुस ३, २०७५ मंगलबार १९:७:४३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  गएको चुनावमा पराजित हुनुका धेरै कारणमध्ये प्रमुख कारण कांग्रेससँगको तालमेल पनि भएको बताउनुभएको छ । 

राप्रपा ५ नम्बर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई मंगलबार नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष थापाले गत निर्वाचनमा राप्रपा पराजित हुनुका धेरै कारण मध्ये निर्वाचनमा नेपाली कांग्रेससँग गरिएको तालमेल र सहकार्यमा कांग्रेसबाट धोका भएको बताउनुभयोे । उहाँले राप्रपामा एकता राष्ट्रिय आवश्यकता भए पनि एकताको अलमलमा परेर पार्टी संगठनलाई कमजोर बनाउन नसकिने बताउनुभयो । 

थापाले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रका लागि बहस खुला हुनुपर्ने बताउनुभयो ।  जबरजस्ती भइरहेको धर्म परिवर्तनलाई रोक्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष थापाले वर्तमान सरकार सबैतिरबाट असफल भइसकेको टिप्पणी गर्नुभयो । 

कार्यक्रममा नेता राजेन्द्र लिङ्देनले राप्रपा एकताका लागि कार्यकर्ताले दबाब दिनुपर्ने बताउनुभयो । राप्रपा नेता ऋषिराज देवकोटाका अनुसार प्रशिक्षणमा प्रदेश ५ का जिल्ला, नगर र गाउँपालिका समितिका अध्यक्ष र सचिव लगायतका नेताको सहभागिता रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया