सुवासको हत्या भएको भन्दै परिवारले शव बुझेनन्

 पुस ३, २०७५ मंगलबार १९:१४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – घोराही उपमहानगरपालिका वडा नम्बर १३ तुरुन्तपुरका सुवास पुनमगरको मृत्यु रहस्यमय भएको भन्दै परिवारले शव नबुझ्ने अडान लिएका छन् ।

गएको कात्तिक ३० गते घरदेखि स्वर्गद्धारी घुम्न गएका १० जना मध्य सुवास फर्कने क्रममा बाटोबाटै हराएका थिए । सोमबार  सुवासको शव घोराही उपमहानगरपालिका १९ सैघाको बोल्दी हरिकिसे भीरमा घाँसदाउरा लिन गएका स्थानीय महिलाहरुले भेटाएका थिए ।

सुवासको मृत्यु रहस्यमय भएको  भन्दै प्रभावकारी छानबिन हुनुपर्ने माग गर्दै परिवारले शव बुझ्न अस्वीकार गरेका हुन् । पुनको शव गलेको अवस्थामा भेटिएको थियो । शवलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको पोष्टमाटम गृहमा राखिएको छ ।

पुनको शव बाटोदेखि झण्डै ६ सय मिटर टाढाको भीरबाट खसेको अवस्थामा भेटिएको थियो । घटनाका बारेमा हराएदेखि नै अनुसन्धान गरिरहेको र शव भेटिएपछि थप नयाँ ढंगबाट अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिकृत राजन गौतमले जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया