कांग्रेसमा अब काेषाध्यक्षबाहेक सबैले चुनाव जितेर आउनुपर्ने

 पुस ३, २०७५ मंगलबार २०:१३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाली कांग्रेसको विधानमा देखिएको विवादमा लामो कसरतपछि अनौपचारिक सहमति जुटेको छ ।

सहमतिअनुसार अब कांग्रेसमा प्रवक्तासहित ९ जना पदाधिकारी हुनेछन् । कोषाध्यक्ष र प्रवक्ता मनोनित हुने र बाँकी सबै निर्वाचित हुने कांग्रेसले जनाएको छ ।

कांग्रेसमा अब सभापति, उपसभापति २, महामन्त्री २, सह-महामन्त्री २ र कोषाध्यक्ष रहनेछन् । यसअघि कांग्रेसका शीर्ष नेताहरुबीच देखिएको विवादका कारण महासमिति बैठक अलमलमा परेको थियो ।

शीर्ष नेताहरुबीच भएको सहमति केन्द्रीय समितिको बैठकले पारित गरेर महासमिति बैठकमा अनुमोदनका लागि लगिनेछ । नेपाली कांग्रेसको महासमिति बैठक अहिले चलिरहेको छ ।

नुवाकोटका जिल्ला सभापति जगदिशनरसिंह केसी र सह–महामन्त्री प्रकाशरण महतबीच माइक खोसाखोस भएपछि बैठक केही घण्टा स्थगित भएको थियो । माइक खोसाखोस सामान्य भएपनि अनावश्यक बढी प्रचार गरिएको सह महामन्त्री महतले दावी गर्नुभयो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया