विद्यालयमै बालक मृत भेटिए

 पुस ४, २०७५ बुधबार १३:२१:५३ | अमर सुनार
unn.prixa.net

दैलेख – सदरमुकाम दैलेख बजारको सनराइज स्कुलमा यूकेजीमा अध्ययनरत एक बालक मृत फेला परेका छन् । 

मंगलबार दिउँसो विद्यालय हाताभित्रै हराएका ६ वर्षीय बालक हिम्मत शाहीको खोजी गर्ने क्रममा बुधबार बिहान विद्यालयको पानी ट्यांकीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

दैलेखको ठाँटीकाँध गाउँपालिका–३ बिसला घर भई बच्चा पढाउनकै लागि दैलेख सदरमुकाममा डेरा बस्ने तपेन्द्र शाही र हेमा शाहीको छोरा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

परिवारले विद्यालयको लापरवाही भएको भन्दै आक्रोश पोखेका छन् । प्रहरी पोखरेलका अनुसार घटनाको अनुसन्धान भैरहेको छ । बालकको शव पोष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया