पाँच करोडको लागतमा नेपालगञ्जमा पाइप उद्योगको निर्माण सुरु

 पुस ४, २०७५ बुधबार २०:१९:१६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपालगञ्जमा पाँच करोडको लागतमा अत्याधुनिक एचडीपी पाइप उद्योगको निर्माण सुरु भएको छ । 

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ कारकादौंमा स्टारलाइट पोलीपाईप इण्डष्ट्रिज प्रालिको निर्माण सुरु गरिएको हो । यही माघभित्र उत्पादन सुरु गर्ने गरी निर्माण सुरु गरिएको प्रालीका अध्यक्ष कमल कार्कीले जानकारी दिनुभयो । 

उद्योगबाट दुई सय एमएमसम्मको एचडीपी पाइप उत्पादन गरिने अध्यक्ष कार्कीले बताउनुभयो । मनकामना ग्यास उद्योग नजिकै १७ कठ्ठा जग्गामा उद्योगको निर्माण सुरुवात गरिएको हो । बुधबार औपचारिक कार्यक्रम गरी विधिपूर्वक उद्योगको शिलान्यास गरिएको छ । 

अत्याधुनिक प्लान्ट भएका कारण उद्योगले कुनै पनि प्रकारको प्रदुषण नहुने अध्यक्ष कार्कीले बताउनुभयोे ।  
 

अन्तिम अपडेट: चैत २८, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया