पाकिस्तान क्रिकेट बोर्डले बीसीसीआईविरुद्ध क्षतिपूर्तिका लागि दिएको निवेदन अस्वीकार, उल्टो जरिवाना तिर्नुपर्ने

 पुस ५, २०७५ बिहिबार ११:३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईविरुद्ध क्षतिपूर्तिका लागि दिएको निवेदनलाई आईसीसीले अस्वीकार गरेपछि पाकिस्तान क्रिकेट बोर्डले बीसीसीआईलाई उल्टो क्षतिपूर्ति तिर्नु पर्ने भएको छ । 

सन् २०१४ र २०१५ मा हुनुपर्ने दुई पक्षीय सिरिज नभएको भन्दै अघिल्लो महिना पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले आईसीसीको विवाद समाधान समिति (डिआरसी)मा निवेदन दिएको थियो । जसमा पीसीबीले ६ करोड तीस लाखको क्षतिपूर्ति दाबी गरेको थियो । यसको कानुनी प्रक्रियाका लागिमात्र पीसीबीले १० लाख अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ । 

तर डिसीआरले पीसीबीलाई उल्टो २० लाख अमेरिकी डलर बीसीसीआईमा बुझाउन निर्देशन दिएको छ । 

यस्तो मुद्धामा जित्ने पक्षलाई पराजित पक्षले कानुनी खर्च वापतको ६० प्रतिशत रकम तिर्नुपर्ने हुन्छ ।  ‘कानुनी प्रक्रियाका लागि बीसीसीआईले खर्च गरेको कुल रकमको ६० प्रतिशत र प्रशासनिक खर्च वापतको रकमको रकम तिर्नुपर्नेछ, ’ आईसीसीको विज्ञप्तिमा उल्लेख छ ।

तर, दुबै पक्षले यस प्रक्रियामा भएको खर्च सार्वजनिक नगरे पनि कुल खर्चको ६० प्रतिशत करिब २० हजार अमेरिकी डलर हुन आउने देखिएको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया