अष्ट्रेलिया क्रिकेटका पूर्व कप्तान स्मिथले बीपीएल खेल्न नपाउने

 पुस ५, २०७५ बिहिबार १९:५१:२ | एजेन्सी
unn.prixa.net

अष्ट्रेलिया क्रिकेट टिमका पूर्व कप्तान स्टिभ स्मिथले बंगलादेश क्रिकेट लिग (बीपीएल) खेल्न नपाउने भएका छन् । 

स्मिथ बीपीएलको फ्रेन्चाइज कोमिला भिक्टोरियसमा आवद्ध थिए । उनको क्लबले लिगको नियम उल्लंघंन नगर्ने भन्दै स्मिथका ठाउँमा श्रीलंकाका ब्याट्सम्यान असेला गुणारत्नेलाई आवद्ध गरेको छ । बल टेम्परिङमा दोषी ठहर भएपछि उनी अहिले अष्ट्रेलियाली टिममा पनि छैनन् । त्यही कारण देखाउँदै उनलाई आवद्ध गर्ने क्लबले खेलाउन नसक्ने जवाफ दिएको हो । 

स्मिथलाई नखेलाउन बीपीएलका अन्य टिमले आग्रह गर्दै आएका थिए । त्यसपछि आयोजकसँगको बैठक भए पनि समस्याको समाधान निस्किएको थिएन । अन्ततः कोमिलाले उनलाई नखेलाउने निर्णय गरेको हो । 

यस्तै कोमिलामा रहेको पाकिस्तानी क्रिकेटर शोएब मलिक पनि घर फर्किसकेका छन् । जनवरी १९ देखि दक्षिण अफ्रिकामा हुने पाकिस्तानको सिरिज खेल्न उनी घर फर्किएका हुन्  ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया