ड्रोन उडाइदिएपछि बेलायतको ग्याट्विक विमानस्थल ठप्प, एक लाख १० हजार यात्रु अलपत्र

 पुस ५, २०७५ बिहिबार २०:१०:१३ | एजेन्सी
unn.prixa.net

रनवेमा ड्रोन उडाएपछि बेलायतको ग्याट्विक विमानस्थल बन्द हुँदा १ लाख १० हजार भन्दा धेरै यात्रु अलपत्र परेका छन् । अपरिचित व्यक्तिले बुधबार रातिदेखि विमानस्थलको रनवेमाथि ड्रोन उडाउँदा ७ सय ५० भन्दा धेरै विमानका उडान बन्द भएका छन् । प्रहरीले ड्रोन उडाउनेको खोजी गरिहरेको जनाएको छ । 

ग्याट्विक विमानस्थलका लागि उडान भरेका विमान हिथ्रो, लण्डन, म्यानचेस्टरलगायतका विमानस्थलमा डाइभर्ट हुँदा ती विमानस्थलमा पनि विमान र यात्रुको भिड लागेको बीबीसीले जनाएको छ । 

बुधबार राति मात्रै १० हजार यात्रु प्रभावित भएका थिए भने बिहीबार एक लाख यात्रु त्यहाँ ओर्लने र त्यहाँबाट अन्त जाने तयारीमा रहेको विमानस्थल कार्यालयले जनाएको छ । 

बेलायतको दोस्रो व्यस्त विमानस्थल ग्याट्विक विमानस्थलमा भएको अवरोध आतंकवादी आक्रमणसँग नजोडिएको पनि बेलायत प्रहरीले स्पष्ट पारेको छ ।

 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया