भोजपुरमा बलात्कारसहित अन्य मुद्दाका ५ जना जेल चलान

 पुस ६, २०७५ शुक्रबार ७:१५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर – भोजपुर जिल्ला अदालतले विभिन्न मुद्दाका ५ जनालाई जेल चलानकाे फैसला सुनाएको छ ।

जिल्ला अदालतले भोजपुरले अरुण गाउँपालिका–४ चरम्बीका १४ वर्षीय निशान नेपालीलाई त्यही ठाउँकी बालिकालाई करणी गरेको आरोपमा एक महिना कैद र रु ५० हजार जरिवानकोे फैसला सुनाएको छ । 

त्यसैगरी २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा अरुण गाउँपालिका–४ चरम्बीका सन्तोष विश्वकर्मालाई ६ वर्ष कैद र रु ५० हजार जरिवनाको फैसला गरेको छ । विश्वकर्माले गएकाे असोज ६ गते त्यही ठाउँकी युवतीलाई बलात्कार गरेका थिए ।

त्यस्तै, कर्तव्य ज्यान मुद्दामा रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका ४० वर्षीय नरकुमार भन्ने सुमन राईलाई ११ वर्ष कैदसहित १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । राईले गएको कात्तिक २४ गते भाइटिकाको दिन ४७ वर्षीया दिदीलाई कुखुराको खोरको ढोका लगाउन प्रयोग गरिने काठले टाउकोमा हिर्काएर हत्या गरेको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

बहुविवाहको आरोपमा भोजपुरको षडानन्द नगरपालिका–१३ बोयाका प्रवीन श्रेष्ठ र भोजपुर नगरपालिका–१ बस्ने इन्दिरा तामाङलाई १ वर्ष ६ महिना कैद सजायसहित रु १५÷१५ हजार क्षतिपूर्तिको फैसला गरेकोे छ । श्रेष्ठ र तामाङले गएको कात्तिक ७ गते विवाह गरेका थिए । जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजलाशले आदेश दिएको बताइएको छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया