क्रिकेटर सागर पुनको खुट्टाकाे शल्यक्रिया, ७ महिना मैदान बाहिर

 पुस ६, २०७५ शुक्रबार ११:५८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

क्रिकेटर सागर पुनको खुट्टामा चोट लागेपछि शल्यक्रिया गरिएको छ । जसका कारण उनी ६ देखि ७ महिना मैदान बाहिर हुने भएका छन् ।

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगका दौरान उनको दाहिने खुट्टाको एंकलमा चोट लागेको थियो । जसका कारण उनको सल्यक्रिया गरिएको छ । 

उनको दाहिने खुट्टामा सल्यक्रिया पछि प्लास्टर लगाइएको छ । उनको चोट निको हुन ६ देखि ७ महिना लाग्ने बताइएको छ । नेपालको उमेर समूहको क्रिकेटबाट राष्ट्रिय टिममा पुगेका अलराउन्डर सागरले काठमाडौं किंग्सबाट एभेरेष्ट प्रिमियर लिग खेलेका थिए ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया