दिपकराज गिरी कलाकार, निर्माता, निर्देशक हुँदै अब चलचित्र वितरक पनि

 पुस ६, २०७५ शुक्रबार १४:२८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - दिपकराज गिरी नेपाली चलचित्र बजारलाई एकपछि अर्को ब्लकबष्टर चलचित्र दिन सफल निर्माता तथा कलाकार हुन् । 

उनी पछिल्लो समय दिपाश्री निरौला, केदार घिमिरे, जितु नेपाललगायतको टिममा रहेर चलचित्र निर्माण गर्दै आएका छन् ।  दिपकराज गिरी नेपाली चलचित्र क्षेत्रलाई छुट्टै उचाइमा पुर्याउन योगदान दिएका सफल निर्माता तथा कलाकारका रुपमा चिनिन्छन् । 

चलचित्रको कथा लेखन कार्यमा पनि उनलाई धेरैले प्रशंसा गर्ने गरेका छन् । पछिल्लो समय दिपकराज गिरीसँग सहकार्य गरेर चलचित्र निर्माण गर्न पाए सफल भइन्छ भन्ने निर्देशक तथा निर्माताहरु धेरै छन् ।

उनले निर्माण गरेका हरेक चलचित्रहरुले एकपछि अर्को रेर्कड बनाउँदै गएका छन् । हास्यकलाकार, निर्देशक, निर्माता, लेखक हुँदै उनी पछिल्लो समय चलचित्र वितरण कार्यमा पनि अगाडि बढेका छन् । 

दिपक अहिले एफडी कम्पनीमा प्रवेश गरेका छन् । एफडी कम्पनीलाई काठमाडांै बाहिरको चलचित्र वितरणमा शक्तिशाली मान्ने गरिएको छ । दिपकराज गिरीे अब यो कम्पनीका शेयरहोल्डर हुनेछन् ।

एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जन लगायत अन्य पदाधिकारीहरुले उनलाई कम्पनीमा स्वागत गरेका छन् ।

–उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया