नक्कली सुन बिक्री गर्न नेपाल प्रवेश गर्ने तीन भारतीय पक्राउ

 पुस ६, २०७५ शुक्रबार १५:२२:३० | शुभनारायण यादव
unn.prixa.net

सिराहा – नक्कली सुन लिएर ठग्न नेपाल प्रवेश गरेका तीनजना भारतीय नागरिकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उहाँहरुलाई सीमावर्ती सिरहाको नवराजपुर गाउँपालिका ४ बाट पक्राउ गरेको हो । २ किलो २ सय ३४ ग्राम तौलको इँटा आकारमा अन्य धातुबाट बनाइएको सुनजस्तै देखिने बस्तुसहित भारत मधुबनीका रामसेवक पासमान, नथुनी राम र दिपु सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सिरहाका डीएसपी माधवराज खरेलले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुले प्रयोग गरेको स. २ प ८१८० नम्बरको नेपाली र बीआर ३२ एन ५३८९ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा नक्कली सुनसहित मोटरसाइकल र तीनै जनालाई नियन्त्रणमा लिएको छ ।

डीएसपी खरेलका अनुसार पक्राउ गर्ने क्रममा उनीहरुले प्रहरीसँग अभद्र व्यवहार पनि गरेका छन् । पक्राउ परेकाहरुमाथि सार्वजानिक अपराधको मुद्दा चलाएर अनुसन्धान गरिरहेको डीएसपी खरेलले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया