अपहरण गरी १५ वर्षीया किशोरी बलात्कार गर्ने युवक पक्राउ

 पुस ६, २०७५ शुक्रबार १६:४१:३७ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – १५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई प्ररहीले किशोरी अपहरण गरी बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।

गएको मङ्सिर २५ गते गाउँघरबाटै यादवले किशोरीलाई ललाइफकाई अपहरण गरी सुनसरीको इटहरी पुर्‍याएर बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए । त्यही उजुरीका आधारमा यादव पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले यादवविरुद्ध जबरर्जस्ती करणीको उजुरी दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया