गुडिरहेकाे मिनि ट्रकबाट खसेर भक्तपुरमा एकजनाकाे ज्यान गयाे

 पुस ७, २०७५ शनिबार १७:१३:२९ | उज्यालो सहकर्मी

भक्तपुर – गुडिरहेको मिनि ट्रकबाट खसेर शनिबार सूर्यविनायक नगरपालिका वडा नं–९ नंखेलका गणेश ब्यान्जुको मृत्यु भएको छ ।

अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिकाको नलिन्चोकमा मिनि ट्रकको पछाडि बसेर यात्रा गरिरहेका ब्यान्जुको खसेर मृत्यु भएको  महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिनुभयो ।  

प्रहरीले मिनि ट्रक नियन्त्रणमा लिएको तथा चालक भक्तपुर गोल्मढी बस्ने २५ वर्षीय मनिष खायमलीलाई पक्राऊ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया