नेभिगेशन
आइतबार, कात्तिक १५, २०८३

इराकमा कार्यरत नेपालीलाई श्रम स्वीकृति दिने सरकारको निर्णय

काठमाण्डौ – सरकारले इराकमा कार्यरत नेपाली श्रमिकलाई अभिलेखीकरणमा ल्याउनको लागि श्रम स्वीकृति दिने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले इराकको आवासीय कार्ड भएका नेपालीलाई नेपाल आएको बेला आवेदन दिएमा श्रम स्वीकृति दिने निर्णय गरेको हो । सरकारको यो निर्णयले इराकमा कार्यरत झन्डै ३० हजार नेपाली श्रमिकका लागि नेपाल आउजाऊ गर्न बाटो खुल्नेछ ।

२०६१ साल भदौमा इराकमा १२ जना नेपालीको हत्या भएपछि सुरक्षाको कारण देखाएर सरकारले इराक जान प्रतिबन्ध लगाएको थियो । त्यसयता पनि इराकमा विभिन्न ठाउँमा नेपाली श्रमिकले काम गर्दै आएका छन् ।
 

प्रकाशित मिति:
थप देश परदेश समाचार