शाहरुखकाे स्टारडम सकिएकै हो ? ‘जीरो’ ले पनि फ्यानहरुलाई बनायाे निराश

 पुस ८, २०७५ आइतबार १९:३२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता शाहरुख खानको वर्ष २०१८ को एक मात्र फिल्म हो ‘जीरो’ । यस वर्षको प्रदर्शन भएको यस फिल्म मार्फत शाहरुख खान दर्शकहरुको मन जित्न चाहन्थे । तर शाहरुख खानले जति धेरै अपेक्षा राखे पनि उनको त्यो अपेक्षा पूरा हुन सकेन । 

शाहरुख खान, अनुष्का शर्मा र कट्रिनाको अभिनयको जति तारिफ भइरहेको छ, यस फिल्मको कहानीको त्यतिनै आलोचना भइरहेको छ । 

शुक्रबार रिलिज भएको यस फिल्मले पहिलो दिनमा २०.१४ करोडको व्यापार गरेको छ । फिल्म जीरोलाई अभिनेता शाहरुख खानको अहिले सम्मकै सबैभन्दा महंगो फिल्म रहेको बताइएको छ । 

२०० करोड रुपैयाँको लगानीमा बनेको यस फिल्मले प्रदर्शनको दोस्रो दिन भने १८.२२ करोड रुपैयाँको व्यापार गरेको छ । यस अनुसार जीरोले दर्शकलाई फिल्महलतर्फ आकर्षित गर्न असफल भएको छ ।

भारतीय फिल्म समिक्षक तरण आदर्शले यस फिल्मलाई एक असफल फिल्म भन्दै १.५ स्टार मात्रै दिएका छन् । यस फिल्मको नकारात्मक समीक्षाका कारण यसको व्यापारमा गिरावट आएको बताइएको छ । 

यस फिल्मले प्रदर्शनको पहिलो दिन अर्थात शुक्रबार २०.१४ करोड र दोस्रो दिन शनिबार १८.२२ करोडको व्यापार गदै जम्मा ३८.३६ करोडको व्यापार गरेको छ । साथै ‘जीरो’को तेस्रो बक्स अफिस कलेक्सनमा अझै गिराउट आउनसक्ने चर्चा समेत भइरहेको छ । 

फिल्म ‘जीरो’ मा शाहरुख खान एक पुड्का युवकको भूमिकामा छन् । यस कारण पनि शाहरुखको फिल्म ‘जीरो’ अहिलेसम्मकै विशेष फिल्म रहेको बताइएको थियो तर फिल्म प्रदर्शनपछि यस फिल्मले दर्शको मन जित्न भने सकेन । 

यस अघि प्रदर्शन भएका शाहरुख खान अभिनित फिल्म ‘फ्यान’, ‘रइस’ र ‘जब ह्यारी मेट सेजल’ बक्स अफिसमा फ्लप भएका थिए । एकपछि अर्को गर्दै फ्लप फिल्म दिइसकेका शाहरुख खानको पछिल्लो फिल्म  ‘जीरो’ ले समेत दर्शकलाई निराश बनाएको हेर्दा यतिबेला ‘के अब शाहरुख खानको स्टारडम सकिएकै हो त ?’ भन्ने विषयमा समेत बलिउडकाे फिल्मी वृत्तमा चर्चा चलिरहेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • narayan

    Dec. 25, 2018, 11:12 a.m.

    शाहरुख अभियान भन्दा बढी गुटवाट प्रसिद्धि पाएका कलाकार हुन् / उनमा बिशेषता शुन्य बराबर छ, गुटवाटै पुरस्कृत हुन/

  •  0 Reply

तपाईको प्रतिक्रिया