नेभिगेशन
मंगलबार, कात्तिक १०, २०८३

स्पेनमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गयो, ७३ जना घाइते

स्पेनको दक्षिणी भागमा हिजो बेलुकी दुई वटा तीव्रगतिको रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ७३ जना यात्रु गम्भीर घाइते भएका छन् ।

बीबीसीका अनुसार दुर्घटना कोर्डोबा नजिकको आदामुज क्षेत्रमा भएको हो । मालागाबाट म्याड्रिडतर्फ जाँदै गरेको रेल हिजो बेलुकी स्थानीय समयअनुसार पौने ७ बजे पटरीबाट बाहिरिएको थियो । त्यही समयमा म्याड्रिडबाट ह्वेल्भातर्फ आउँदै गरेको अर्को रेलसँग ठोक्किँदा दुवै रेल पटरीबाट बाहिर खसेका हुन् ।

एन्डालुसियन आपतकालीन सेवालाई उद्धृत गर्दै बीबीसीले उद्धारकर्मीहरूले डब्बाभित्र फसेका यात्रुहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका जनाएको छ । निजी रेल कम्पनी इर्योले मालागाबाट आएको रेलमा झन्डै ३ सय यात्रु रहेको पुष्टि गरेको छ ।

दुर्घटनापछि म्याड्रिड र एन्डालुसिया बीचका सबै रेल सेवा बन्द गरिएका छन् । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले सरकार आपतकालीन सेवासँग मिलेर उद्धारको काम गरिरहेको बताउनुभएको छ ।
 

प्रकाशित मिति:
थप विश्व