हाँसो नै हाँसोले भरिएको चलचित्र ‘गरुड पुराण’

 पुस ९, २०७५ सोमबार १७:२७:५८ | उज्यालो सहकर्मी

काठमाडाै - सुवास कोइरालाले निर्देशन गरेको चलचित्र ‘गरुड पुराण’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । 

सार्वजनिक भएको ट्रेलरमा चलचित्रका मुख्य कलाकार कर्मा शाक्य, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरसिया, प्रविण खतिवडा, जान्वी बोहोरा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुभिना तुलाधर लगायतका कलाकारहरु देखिएका छन्  ।

यही माघ ४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘गरुड पुराण’ सामाजिक तथा कमेडी कथावस्तुमा निर्माण गरिएको चलचित्र हो ।

चलचित्रमा कशम नेपालको कथा छ् भने आकाश बरालको पटकथा, निर्देशक सुवास कोइराला, बिनोद खतिवडा र आकाश बरालको सम्वाद, कोशिस क्षेत्रीको संगीत, सुसन प्रजापतिको छायाँकन, उज्वल ढकालको सम्पादन रहेको छ । 

अजित फिल्मसकाे ब्यानरमा निर्माण भएको चलचित्रमा अजित प्रजापति र अशोक गौतमको लगानी रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया