आगलागी पीडितलाई राहत लिएर मुख्यमन्त्रीकोे टोली कालिकोटमा

 पुस ९, २०७५ सोमबार १८:२७:२७ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कालिकोटको पलाता गाउँपालिका वडा नम्बर १ खाँडान्यौपाने गाउँका आगलागी पीडितलाई राहत वितरण गर्नका लागि प्रदेश सरकारको टोली त्यस गाउँमा पुगेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कालिकोटका सांसदहरुहरु नेपाली सेनाको हेलिकोप्टरबाट पलाता पुगेका हुन । टोलीमा राष्ट्रियसभा सदस्य जीवन बुढा, प्रतिनिधिसभा सदस्य दुर्गाबहादुर रावत र प्रदेशसभा सदस्य कुर्मराज शाही रहेका छन् ।

प्रदेश सरकारले आगलागी पीडितलाई तत्काल प्रति परिवार २० हजार र आवश्यक लत्ताकपडा र खाद्यन्न दिने निर्णय गरेको थियो ।  सोमबार बिहान २ बजे गाउँमा आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन् । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया