बलिउडका ‘झक्कास’ अभिनेता अनिल कपूरकाे आज जन्मदिन, ६२ वर्ष लागे

 पुस ९, २०७५ सोमबार २०:४४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता अनिल कपूर आज ६२औं जन्मदिन मनाइरहेका छन् ।

अनिल कपूरको जन्म सन् १९५६ डिसेम्बर २४ मा भएको थियो । उनी मुम्बईको चेम्बुरमा भारतीय फिल्म निर्माता सुरिन्दर कपूर र आमा निर्मला कपूरका छोराको रुपमा आजैका दिन जन्मिएका  थिए ।

अनिल कपूरले उनको ५० वर्षको फिल्मी करियरमा बलिउडलाई कैयौं हिट फिल्महरु दिएका छन । 

उनले १२ वर्षको उमेरबाट फिल्मी करियर सुरु गरेका थिए । अनिल कपूरको पहिलो फिल्म ‘तु पायल मे गीत’ हो । यस फिल्ममा उनले अभिनेता शशि कुमारको बाल्यकालको भूमिका निर्वाह गरेका थिए । तर यो फिल्म थिएटरमा रिलिज भएन ।

यसपछि उनले सन् १०७९मा फिल्म ‘हमारे तुम्हारे’मा एउटा सानो भूमिका निर्वाह गर्दै बलिउड करियरको सुरुवात गरेका थिए । यसपछि भने उनले बलिउडमा एकपछि अर्को गर्दै कैयौं फिल्ममा काम गरे । 

बलिउडमात्रै नभई हलिउड फिल्ममा समेत काम गरिसकेका अनिल कपूर भारतीय राष्ट्रिय पुरस्कार, ओस्कर अवार्ड र विभिन्न विभाका ६ वटा फिल्मफेयर अवार्डबाट सम्मानित  भइसकेका छन् । 

उनले फिल्म ‘स्लम डग मिलिनियर’ बाट ओस्कार अवार्ड जितेका हुन भने फिल्म ‘नो एन्ट्री’ बाट राष्ट्रिय पुरस्कार जितेका  हुन । अनिल कपूरलाई बलिउडमा बहुमुखी प्रतिभाशाली अभिनेताको रुपमा चिनिन्छ । उनले उनको फिल्मी करियरमा फरक फरक विधाका फिल्ममा काम गर्नुका साथै फरक फरक भूमिकामा  अभिनय गरेका छन् । 

अनिल कपूर फिल्मका साथसाथै स्वास्थ्यमा पनि निकै ध्यान दिन्छन् । ६२ वर्षको उमेरमा पनि अनिल कपूर निकै फिट र स्टाइलिश अभिनेताको रुपमा चिनिन्छन् ।

अनिल कपूर अभिनित उत्कृष्ट फिल्महरुमा ‘मेरी जंग, करमा, मिस्टर इण्डिया, विरासत, १९४२ः अ लभ स्टोरी, बेटा, नायक, राम लखन, ताल, नो एन्ट्री, स्लम डग मिलिनियर, रेस, दिल धडकने दो’ लगायतका फिल्म पर्दछन् । 

यसै वर्ष अनिल कपूर अभिनित फिल्म ‘रेस ३’ र ‘फन्ने खान’ प्रदर्शन भएका थिए भने उनको आगामी फिल्म ‘टोटल धमाल’, र ‘एक लड्की को देखा तो ऐसा लगा’ मार्फत दर्शक माझ आउने तयारीमा छन् । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया