इन्डोनेसिया : सुनामीमा ज्यान गुमाउनेको संख्या ३७३ पुग्यो

 पुस १०, २०७५ मंगलबार ७:४१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डोनेसियामा शनिबार आएको सुनामीमा ज्यान गुमाउनेको  संख्या ३७३ पुगेको छ । ज्यान गुमाउनेको संख्या अझै बढ्ने आशंका गरिएको छ । प्रभावित क्षेत्रमा हराएका मानिसहरुको खोजी कार्य भैरहेको छ ।

इण्डोनेसिया सरकारका अनुसार सुनामी पछि कम्तीमा १४ सयभन्दा बढी घाइते भएका छन् भने १२८ जना मानिस हराइरहेका छन् ।

सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा बढी प्रभाव परेको यी इलाकामा अहिले पनि आपतकालीन सेवा पुर्‍याउने कोसिस जारी छ । 

इन्डोनेसियाको क्रेकातोआमा ज्वालामुखी अझै पनि  सक्रिय अवस्था रहेकाले फेरि नयाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ । नयाँ सुनामी आउन सक्ने चेतावनी दिँदै त्यहाँ आसपासका तटीय इलाकामा बसोबास गर्ने मानिसहरुलाई अन्यत्र जानका लागि आग्रह पनि गरिएको छ ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया