अघिल्ला दुई श्रृ‌ंखलामा नअटाएका धाेनी एकाएक किन टिममा फर्काइए ?

 पुस १०, २०७५ मंगलबार १९:५६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट बोर्ड-बीसीसीआईले अष्ट्रेलियाविरुद्धको एक दिवसीय र न्यूजिल्याण्डविरुद्धको टी–२० सिरीजका लागि महेन्द्रसिंंह धोनीलाई टिममा राखेको छ ।

पछिल्लो पटक टी–२० क्रिकेटबाट बाहिरिसकेका धोनीलाई फेरी बीसीसीआईले टिममा बोलाएको हाे ।

विराट कोहलीको कप्तानीमा रहेको टिममा रोहित शर्मा, शिखर धवन, रिसभ पन्त, दिनेश कार्तिक, केदार जादव, महेन्द्रसिंह धोनी, हार्दिक पाण्ड्या, क्रुनाल पाण्ड्या, कुलदीप यादव, युज्वेन्द्र चाहल, भुवनेश्वर कुमार, जसप्रीत बुम्राह र खलील अहमद रहेका छन् ।

हाल अष्ट्रेलियाविरुद्ध टेष्ट क्रिकेट सिरिज खेलिरहेको भारतले त्यसपछि एक दिवसीय खेल्नेछ भने त्यसको लगत्तै न्युजिल्याण्डविरुद्ध टी–२० सिरिज खेल्नेछ ।

 

याे पनि पढ्नुहाेस्

आगामी दुई टी-२० श्रृंखलाकाे टाेलीमा धाेनी अटाएनन् : आराम दिइएकाे कि निकालिएकाे ?

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया