नेभिगेशन
मंगलबार, असोज १३, २०८३

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाण्डौ — आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो ।

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १५ हजार ४ सय रुपैयाँ थियो । 

यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । चाँदीको भाउ आज तोलाको ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको ५ हजार ७ सय २५ रुपैयाँ थियो ।
 

प्रकाशित मिति:
थप अर्थ