नेभिगेशन
मंगलबार, असोज १३, २०८३

मतदाता दिग्भ्रमित पार्ने सामग्री सम्प्रेषण नगर्न प्रेस काउन्सिलको आग्रह

काठमाण्डाै —   प्रेस काउन्सिल नेपालले चुनावलाई असर पार्ने र मतदातालाई दिग्भ्रमित पार्ने खालका कुनै पनि सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

काउन्सिलको हिजो बसेको बैठकले चुनावजस्तो संवेदनशील विषयमा चुनावलाई प्रभाव पार्ने किसिमका, दल तथा उम्मेदवारलाई नकारात्मक असर पुर्याउने, मतदातालाई दिग्भ्रमित पार्ने खालका, निष्पक्ष मतदानमा असर पुग्नेगरी चुनावी विश्लेषणात्मक सामग्रीका साथै विदेशी सञ्चारमाध्यमबाट सम्प्रेषित चुनावलाई प्रभाव पार्ने किसिमको सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न आग्रह गरेको हो ।

बैठकले चुनावको सम्मुखमा विदेशी सञ्चारमाध्यमबाट वृत्तचित्रको नाममा चुनावलाई प्रभाव पार्ने किसिमबाट यस्ता सामग्री सम्प्रेषण भएको र बीबीसी विदेशी देशबाट सञ्चालित भएको हुँदा त्यस सञ्चारमाध्यम र त्यसअन्तर्गतको सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको नियमन गर्ने विषय यस काउन्सिलको स्पष्ट क्षेत्राधिकारभित्र पर्ने नदेखिएकाले कूटनीतिक समन्वयमार्फत प्रक्रिया अगाडि बढाउन नेपाल सरकार र निर्वाचन आयोगलाई अनुरोध गरी पत्राचार गर्नेसमेत निर्णय गरेको छ । 

प्रकाशित मिति:
थप राजनीति