यस वर्ष ५६ लाख मेट्रिक धान उत्पादन

 पुस ११, २०७५ बुधबार १७:१८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौँ – यस वर्ष ५६ लाख मेट्रिक टन धान उत्पादन भएको छ ।

कृषी तथा पशुपंक्षी विकास मन्त्रालयले स्थलगत अध्ययन गरी यस वर्ष चार लाख बढी अर्थात ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको जनाएको हो । 
गएको वर्ष झण्डै ५२ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । बुधबार मन्त्रालयले कार्यक्रम गरी तराईका विभिन्न जिल्लामा भएको धान उत्पादनसम्बन्धी स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

यस वर्ष २० हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन बढेको पनि मन्त्रालयले जनाएको छ । यसका साथै यस वर्ष ३ दशमलव ७६ प्रतिशतले बृद्धि भई उत्पादकत्व ७ प्रतिशत पुगेको छ ।

समयमै पानी परेको र पोहोर परारभन्दा उत्पादन क्षेत्र बढेकाले यस वर्ष धान उत्पादन बढेको हो । यसका साथै नेपाल कृषी अनुसन्धान परिषद् नार्कले उपलब्ध गराएका नयाँ नयाँ जातको प्रयोग गरेकाले पनि धान उत्पादन बृद्धि भएको मन्त्रालयको भनाई छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया