बायाेपिकका लागि पाइलट बनेकी जान्हवी कपूरको तस्बिर सामाजिक सञ्जालमा भाइरल

 पुस १२, २०७५ बिहिबार १५:८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेत्री जान्हवी कपूरले यसै वर्ष फिल्म ‘धडक’बाट बलिउड डेब्यू गरेकी हुन् । पहिलो फिल्मबाटै दर्शकको मन जित्न सफल जान्हवीले दोस्रो फिल्म ‘तख्त’ समेत साइन गरिसकेकी छिन् । यससँगै जान्हवीले तेस्रो फिल्म समेत पाइसकेकी छिन् । 

भारतकी पहिलो महिला हेलिकप्टर पाइलट गुञ्जन सक्सेनाको जीवनमा आधारित बायोपिकमा अभिनेत्री जान्हवी कपूरले गुञ्जन सक्सेनाको भूमिका निर्वाह गर्नेछिन् । त्यसैले यस फिल्ममा अभिनेत्री जान्हवी कपूर पाइलटको लुकमा देखिएकी छिन् । अहिले सामाजिक सञ्जालमा उनको यस फिल्मको सेटमा लिइएको तस्बिर भाइरल भइरहेको छ । 

खबरहरुका अनुसार यस फिल्मको छायाँकनको काम सन् २०१९ बाट सुरु हुने बताइएका थियो । तर तस्बिर सार्वजनिक भएसँगै यस फिल्मको छायाँकन सुरु भइसकेको बताइएको छ । 

गुञ्जन सक्सेना पहिलो लडाकु महिला पाइलट हुन् । सन् १९९९ को कार्गिल लडाईंमा उनले आफ्नो ज्यानको पर्वाह नगरी आफ्ना साथीहरुको ज्यान बचाएकी थिइन् ।

उनको बहादुरीको सम्मानस्वरुप भारत सरकारले उनलाई सूर्यवीर पुरस्कारले सम्मानित गरेको थियो । गुञ्जन सक्सेनाको बायोपिक धर्मा प्रोडक्शनले निर्माण गरिरहेको छ । 

अभिषेक कपूरको निर्देशन तथा करण जोहरको निर्माण बनेको फिल्म ‘धडक’ मार्फत डेब्यू गरेकी जान्हवी कपूर करण जोहरकै निर्माण बन्न लागेको फिल्म ‘तख्त’ मा अभिनेता विक्की कौशलको जोडीको रुपमा देखिनेछिन् भने करण जोहरकै निर्माणमा बन्ने उनको तेस्रो फिल्म गुञ्जन सक्सेनाको बायोपिकमा उनी भारतकी पहिलो महिला पाइलटको भूमिकामा देखिनेछिन् । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया