राष्ट्रिय गौरवका आयोजनाका ठेकेदार कम्पनीमाथि कडा निगरानी राख्न सरकारलाई सुझाव

 पुस १२, २०७५ बिहिबार १८:२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सार्वजनिक खर्च पुनरावलोकन आयोगले राष्ट्रिय गौरवका आयोजनाका ठेकेदार कम्पनीमाथि कडा निगरानी राख्न सरकारलाई सुझाव दिएको छ । 

सरकारद्वारा गठित सार्वजनिक खर्च पुनरावलोकन आयोगले राष्ट्रिय गौरवका आयोजनाहरुमा ठेक्कापट्टा दूरुपयोग गर्ने लगायतका काम भएको निष्कर्ष निकाल्दै त्यस्ता ठेकेदार कम्पनीमाथि कडा निगरानी राख्न सरकारलाई सुझाव दिएको हो ।

बिहीबार पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डा. डिल्लीराज खनालले गुणस्तरहीन काम गर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न पनि सरकारलाई आग्रह गर्नुभयो । गुणस्तरहीन काम गर्ने तथा आयोजनाको लागत बढाउने खालका प्रवृत्तिलाई नियमन गरी कारबाही गर्न पनि सरकारलाई सुझाव दिइएको छ ।

आयोगले प्राथमिकताको आधारमा बजेट विनियोजन गर्न पनि सरकारलाई भनेको छ । खर्च प्रणालीमा तत्काल सुधार ल्याउन पनि सरकारलाई आग्रह गरिएको अध्यक्ष खनालले जानकारी दिनुभयो ।

कार्ययोजनाबिना नै सरकारले आयोजनाहरु कार्यान्वयनमा लैजान खोजेको आयोगको निष्कर्ष छ । आयोगले प्रदेश र स्थानीय तहमा अहिलेदेखि नै बजेट र खर्च प्रणालीलाई प्रभावकारी र परिणाममुखि बनाउन सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यक्ता पनि औँल्याएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया