हिउँमा चिप्लिएर ट्याक्टर दुर्घटना, एकजनाको ज्यान गयो

 पुस १३, २०७५ शुक्रबार १०:४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुम पूर्व – हिउँमा चिप्लएर ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । रा १ त १६९४ नम्बरको ट्याक्टर पुथा उत्तरगंगा गाउँपालिका–१२ गरखानीमा दुर्घटना हुँदा भुमे गाउँपालिका–१ का १८ वर्षीय विस्मत गुरुङ्गको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । 

पुथा उत्तरगंगा गाउँपालिकाको तकसेराबाट कोलतर्फ किराना सामान लिएर जाँदै गर्दा सडकमा हिउँ परेका कारण चिप्लिएर बिहीबार राति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो । मृतकको शव भने शुक्रबार बिहान मात्र फेला पारेको उहाँले बताउनुभयो । 

दुर्घटनामा रुकुम पश्चिम आठवीसकोट नगरपालिका–८ का २५ वर्षीय दीलिप विक घाइते भएको बताइएको छ । घाइते विकको रुकुम पश्चिममा रहेको सल्ले अस्पतालमा उपचार भइरहेको छ । दाङ्ग निवासी चालक सन्तोष चौधरी फरार रहेको र खोजी कार्य भैरहेको डीएसपी तिम्सिनाले जनाउनुभयो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया