यो हप्ता विदेशी मुद्राको भाउमा उतारचढाव : आइतबारको तुलनामा शुक्रबार भाउ बढ्यो

 पुस १३, २०७५ शुक्रबार १०:५१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अघिल्लो हप्ताजस्तै यो हप्ता पनि डलरलगायत विदेशी मुद्राको भाउमा उतारचढाव आएको छ । हप्ताको पहिलो दिन आइतबारको तुलनामा हप्ताको अन्तिम दिन शुक्रबार सबै विदेशी मुद्राको भाउ केहीले बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ २७ पैसा र बिक्रीदर ११२ रुपैयाँ ८७ पैसा तोकेको छ । बुधबारको तुलनामा बिहीबार भाउ घटेकोमा शुक्रबार फेरि डलरको भाउ केही बढेको हो । बिहीबार अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४२ पैसा तथा बुधबार खरिददर  १११ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ५२ पैसा थियो । आइतबारचाहिँ अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ९४ पैसा तथा बिक्रीदर ११२ रुपैयाँ ५४ पैसा थियो ।

यस्तै शुक्रबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३० रुपैयाँ ०९ पैसा तोकिएको छ । बिक्रीबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८१ पैसा र बिक्रीदर २९ रुपैयाँ ९७ पैसा तथा आइतबार खरिददर १११ रुपैयाँ ९४ पैसा र बिक्रीदर २९ रुपैयाँ ९८ पैसा थियो ।

यस्तै शुक्रबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३१ रुपैयाँ तोकिएको छ । बिहीबार खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा तथा आइतबार खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३० रुपैयाँ ९१ पैसा थियो ।

बिहीबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा तोकिएकोमा शुक्रबार खरिददर ्र३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा तोकिएको छ ।

शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९४ पैसा र बिक्रीदर २७ रुपैयाँ ०८ पैसा तोकिएको छ । बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७७ पैसा र बिक्रीदर २६ रुपैयाँ ९१ पैसा तथा आइतबार खरिददर २६ रुपैयाँ ७७ पैसा र बिक्रीदर २६ रुपैयाँ ९२ पैसा थियो ।

यस्तै शुक्रबार कुवेती दिनार १ को खरिददर ३६९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ५२ पैसा तोकिएको छ । बिहीबार खरिददर ३६८ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७० रुपैयाँ ११ पैसा तथा आइतबार खरिददर ३६८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७० रुपैयाँ ३२ पैसा थियो ।

शुक्रबार बहराइन दिनार १ को खरिददर २९७ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९९ रुपैयाँ ४२ पैसा तोकिएको छ । बिहीबार खरिददर २९६ रुपैयाँ ६० पैसा र बिक्रीदर २९८ रुपैयाँ २० पैसा तथा आइतबार यसको खरिददर २९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर २९८ रुपैयाँ ५५ पैसा तोकिएको छ ।  

यसैगरी कोरियन वनको पनि भाउ केही पैसाले बढेको छ । आइतबार कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ ०२ पैसा रहेकोमा शुक्रबार खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०६ पैसा तोकिएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया