सामाजिक सुरक्षा कार्यक्रम सफल बनाउन श्रममन्त्रीको आग्रह

 पुस १३, २०७५ शुक्रबार १५:२५:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – सरकारले ‘योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम’ कार्यान्वयनका लागि सक्दो सहयोग गर्न श्रमिक संघ, संगठनहरुलाई आह्वान गरेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनका लागि सक्दो सहयोग गर्न सबै श्रमिक संघ, संगठनहरुलाई आह्वान गर्नु भएको हो ।

शुक्रबार काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदमा बोल्दै उहाँले कार्यक्रमको कार्यान्वयनका लागि सरकारले आवश्यक नियमावली, निर्देशिका र कार्यविधि तयार पारिरहेको पनि जानकारी दिनुभयो । योगदान गरेका श्रमिकहरुले औषधि उपचार र पेन्सनसहितको सुविधा पाउने गरी सरकारले कार्यक्रम घोषणा गरेको थियो । मन्त्री विष्टले विद्यमान ऐनको प्रभावकारी कार्यान्वयन गर्दै श्रमिकहरुको हितको प्रवर्द्धन गर्न सरकार प्रतिवद्ध रहेको दावी पनि गर्नुभयो ।

मन्त्री विष्टले श्रमिकहरुको हक, हितको उचित व्यवस्था गर्न सरकार क्रियाशील रहेको पनि बताउनु भयो । श्रमिक, रोजगार दाता कम्पनी र सरकार तीनै पक्षबीचको संयुक्त छलफलबाट श्रमिकहरुको श्रमको सम्मान गर्ने मन्त्री विष्टको योजना छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया