ठेलामा माेमाे बेच्दै गायक बनेका कपिलको पहिलो गीत  ‘साला काठमाण्डुमा’ सार्वजनिक

 पुस १३, २०७५ शुक्रबार १७:८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - ठेलामा माेमाे बेच्दै गायक बनेका कपिल पौडेलको पहिलो गीत  ‘साला काठमाण्डुमा’ सार्वजनिक भएको छ ।

गायक बन्ने सपना बोकेर काठमाडौं आएका कपिल लामो समयदेखि बानेश्वर चोकमा ठेलामा माेमाे बेच्दै आएका थिए । 

उनको गायकीको यूट्यूबमा चर्चा भएपछि उनी एकाएक चर्चित भएका थिए । उनै कपिलले पहिलो पटक आफ्नो आवाजमा गीत निकालेका हुन् । निरज भट्टको शब्दमा रहेको गीतमा कपिलकै संगीत रहेको छ । 

काठमाडौैमा सपना बोकेर आउने युवा र उनले काठमाडौंमा पाउने असफलता र दुख झल्काउने गीतमा शिशिर भण्डारीको अभिनय रहेको छ । काठमाडौंमा पाएको असफलतामा निराशा व्यक्त गर्न ‘साला काठमाण्डुमा’ भन्ने शब्द राखिएको कपिलको भनाइ छ । 

सन्तोष खनाल ‘फिल्मीकिरो’को निर्देशनमा बनेको भिडियोमा वाईपी घिमिरेको छायांकन रहेको छ । भिडियोलाई सन्जिप श्रेष्ठले सम्पादन गरेका हुन् । 
गीतको भिडियो नया नया न्यूज नेपालको औपचारिक यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ । 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया