मनाङको मौसम : रातभर हिमपात, दिउँसो घाम (फोटो फिचर)

 पुस १३, २०७५ शुक्रबार १८:५४:५७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – हिमाली जिल्ला मनाङमा हिमपात भएको छ । चिसो बढेसँगै मनाङमा हिमपात भएको हो ।

मनाङमा बिहीबार दिउँसो एक बजेदेिख हिमपात पर्न थालेको स्थानीय सञ्चारकर्मी नेगम परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार दिउँसोदेखि पर्न थालेको हिमपात शुक्रबार बिहान रोकिएको हो । 

माथिल्लो मनाङको ढुकुरपोखरी, पिसाङ, ङावल, घ्यारु, उपर मनाङ, खाङ्सार र टंकी मनाङलगायतका ठाउँमा रातभर भारी हिमपात परेको उहाँले बताउनुभयो ।

शुक्रबार दिउँसो भने मनाङमा घाम लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार मनाङमा चिसो हावाहुरी चलेको छ । चिसो बढेको छ । चिसोका कारण जनजीवन प्रभावित भएको छ । स्थानीय घरभित्रै ढोका थुनेर बसेका छन् ।

‘मनाङमा हावाहुरी चलेको छ । चिसो छ । हामी कोठाभित्रै कोइला चुल्होमा आगो तापेर बसेका छौँ’, नेगमले भन्नुभयो, ‘अहिले मनाङको चामेको तापक्रम माइनस १६ डिग्री सेल्सियस पुगेको छ ।’ उहाँका अनुसार हिमपात हुनुपूर्व चिसो हुरी चल्छ । 


 

अन्तिम अपडेट: चैत ९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया