प्रदेश कप क्रिकेट प्रतियोगिताकाे आजकाे खेलमा रुकुम र सुर्खेत विजयी

 पुस १३, २०७५ शुक्रबार १९:३०:१८ | राजु लामिछाने
unn.prixa.net

रुकुमपश्चिम – रुकुम पश्चिमको चौरजहारीमा जारी कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगितामा आयोजक रुकुमले शानदार जित हासिल गरेको छ । 

शुक्रबार भएको आफ्नो पहिलो खेलमा रुकुमले सल्यानलाई १० विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको सल्यान१४ दशमलव३ ओभरमा७५ रन बनाउँदा अलआउटभएको थियो । 

७६ रनको सामान्य लक्ष पछ्याएको रुकुमले बिना कुनै क्षति १० दशमलव ३ ओभरमा लक्ष पूरा गर्यो । रुकुमका युवराज केसी म्यान अफ द म्याचघोषित भए । 

शुक्रबारै भएको दोस्रो खेलमा सुर्खेत विजयी भएको छ । उसले जाजरकोटलाई ५ विकेटले हराएको हो । जाजरकोटले टस जितेर ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १ सय ८ रन बनाएको थियो । 

जवाफी ब्याटिङमा उत्रिएको सुर्खेतले १३ दशमलव ३ बलमा ५ विकेट गुमाउँदै लक्ष पूरा गर्यो । सुर्खेतका भविन सारु मगर म्यान अफ द म्याच भए । 

प्रतियोगितामा शनिबार आयोजक रुकुम र कालिकोट तथा सल्यान र डोल्पा खेल्ने आयोजक क्रिकेट संघ रुकुम पश्चिमका सचिव मनिष खड्काले जनाउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया