बल टेम्परिङले प्रतिबन्धमा परेका क्रिकेटर बेनक्राफ्ट बिग ब्याश लिगमार्फत नयाँ इनिङ सुरु गर्दै

 पुस १४, २०७५ शनिबार ९:५४:१५ | एजेन्सी
unn.prixa.net

दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल टेम्परिङका कारण प्रतिबन्धमा परेका अष्ट्रेलियन क्रिकेटर क्यामरन बेनक्राफ्ट फेरि क्रिकेटमा फर्किएका छन् । उनले बिग ब्याश लिगमा पर्थ स्कोर्चर्सबाट आफ्नो नयाँ इनिङ सुरु गर्ने भएका छन् ।

स्टिभ स्मिथ र डेभिड वार्नरसँगै प्रतिबन्धमा परेको बेनक्राफ्टले नौ महिनाको प्रतिबन्ध आज पूरा गर्दैछन् । जसका कारण उनले आफ्नो नयाँ क्रिकेट करियर भोलिबाट सुरु गर्दैछन् ।

बिग ब्याश लिगमा होर्ड हुरिकेन्सविरुद्धको खेलमा बेनक्राफ्ट पर्थको टिममा परेका छन् । गएको मार्च महिनामा दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल टेम्परिङ गरेका कारण उनको क्रिकेट करियरमा ब्रेक लागेको थियो । जसलाई उनी बिग ब्याश लिगमार्फत पुनः सुरु गर्दैछन् ।

२६ वर्षे बेनक्राफ्टले आफू फेरि क्रिकेटमा ब्याक भएकोमा निकै उत्साहित भएको बताए । साथै उनले आफू सकारात्मक सोचका साथ आएको र पहिले के भयो त्यो बिर्सेर नयाँ सुरुवात गर्ने पनि उल्लेख गरे ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • Gyanendra Bhatta

    Dec. 29, 2018, 11:27 a.m.

    फिर को सट्टा फेरि भएमा राम्रो । अन्तिम अनुच्छेदमा ।

  •  0 Reply

तपाईको प्रतिक्रिया