इंग्लिस प्रिमियर लिगमा आज ६ खेल हुँदै

 पुस १४, २०७५ शनिबार १२:५४:१९ | एजेन्सी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति ६ खेल हुँदैछन् ।

शनिबार राति शीर्ष स्थानको लिभरपुल र पाँचौं स्थानमा आर्सनलबीच खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार सवा एघार बजे हुनेछ । आर्सनलविरुद्धको खेलमा जित हात पारेको खण्डमा लिभरपुलले तालिकामा नौ अंकको अग्रता बनाउने मौका पाउनेछ । हाल पाँचौं स्थानमा रहेको आर्सनलले जित हात पारेको खण्डमा भने कम्तिमा एक दिनका लागि चौथो स्थानमा उक्लिनेछ । 

१९ चरणका खेल सकिँदा लिभरपुल ५१ अंक जोड्दै शीर्ष स्थानमा छ भने आर्सनल ३८ अंक सहित पाँचौं स्थानमा छ । तालिकामा लिभरपुलभन्दा ६ अंकले पछि रहेको टोटनह्याम उल्झरह्याम्टनसँग खेल्दैछ । पौने नौ बजे हुने खेलमा जीत हात पार्दै टोटनह्याम शीर्ष स्थानको लिभरपुलसँगको दूरी छोट्याउन चाहन्छ । 

प्रिमियर लिगमा ब्राइटन एण्ड होभ र एभर्टन, लेस्टर सिटी र कार्डिफ सिटी तथा वाट्फोर्ड र न्यूक्यासल युनाइटेड पनि आज खेल्दैछन् । तीनैवटा खेल पौने नौ बजे हुनेछन् ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया