चाेटका कारण पुलिसका भोला सिलवालले ए डिभिजन लिगका बाँकी खेल गुमाउने

 पुस १४, २०७५ शनिबार १६:४७:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाल पुलिस क्लबका भेट्रान मिडफिल्डर भोला सिलवालले ए डिभिजन लिगका बाँकी दुई खेल गुमाउने भएका छन् ।

थ्रीस्टार क्लबविरुद्धको खेलमा घाइते भएपछि भोलाले लिगका बाँकी खेल खेल्न नसक्ने भएका हुन् । पुलिस क्लबले थ्री स्टार क्लबलाई ३–१ ले हराउने क्रममा तेस्रो गोल गरेका थिए । 

लिगको यो संस्करणमा पहिलो गोल गरेपछि खुशियाली मनाउने क्रममा भोलाको गोलिगाँठोमा समस्या आएको थियो । 

‘खुसी मनाउने क्रममा टर्फमा बुटको गट्टी अड्किएर गोलिगाँठो मड्कियो,’ भालाले भने ।

‘धेरै पछि गोल हान्न सफल हुँदा जोशमा थिएँ,’ भोलाले थपे । अहिले खुट्टा टेक्नै गाह्रो भइरहेको भन्दै भोलाले आइतबार फिजियोसँग भेटेपछि विस्तृत विवरण आउने जानकारी दिए ।
इन्ज्युरीपछि भोलालाई मैदानबाट बाहिरिएका थिए ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया