बाहुबलीका निर्देशक राजामौली आफ्नाे छोराको बिहेमा प्रभास र अनुष्कासँग यसरी नाचे

 पुस १४, २०७५ शनिबार १८:१:० | उज्यालो सहकर्मी
unn.prixa.net

चर्चित भारतीय चलचित्र बाहुबलीका निर्देशक एस. एस. राजामौलीका छोराको बिहेमा बलिउड तथा दक्षिण भारतीय दिग्गज कलाकारहरु जयपुर पुगेका छन् ।

राजामौलीका छोरा कार्तिकेयको विवाह पूजा नामकी युवतीसँग भोलि अर्थात डिसेम्बर ३० का दिन कूकस भन्ने ठाउँमा रहेको सेभेन स्टार होटेलमा हुने कार्र्यक्रम छ ।  उनीहरुको इन्गेजमेन्ट यसै वर्षको सेप्टेम्बरमा भएको थियो ।

यो विवाहलाई अझै भव्य बनाउनका लागि राजामौलीले विशेष तयारी गरेका छन् । यो भव्य विवाहका लागि कलाकारहरु शुक्रबारबाटै जयपुर पुग्न थालिसकेका छन् । स्टार कलाकारहरुको एअरपोर्टदेखि विवाह अघिका कार्यक्रमका तस्बिर तथा भिडियोहरु सामाजिक सञ्जालमा भाइरल हुन थालिसकेका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Telugu Cinema (@allabouttollywood) on

राजामालीका छोरा कार्तिकेयको विवाहमा स्वदेशी रीतिरिवाज अनुसार संगीत, मेहन्दीजस्ता कार्यक्रमहरु पूरै नियमअनुसार आयोजना गर्ने प्रबन्ध मिलाइएको छ । विवाहका लागि राजामौलीका परिवार परिवार जयपुरमा पहिले नै पुगिसकेका थिए भने सामाजिक सञ्जालमा अहिले दुलाहा कार्तिकेय र दुलही पूजाका तस्बिरहरु निकै भाइरल भइरहेका छन् ।

एअरपोर्टमा पूजाले हल्का गुलाबी र सेतो रंगको साधारण सुटमा तथा  कार्तिकेयले पहेंलो रंगको कुताए लगाएको तस्बिरहरु सार्वजनिक भएका थिए ।  यसबाहेक बाहुबलीको सम्पूर्ण टिम नै जयपुर पुगिसकेको छ ।

बाहुबलीका कलाकारलगायत दक्षिण भारतीयका साथै बलिउड कलाकारहरु प्रभास, राण दग्गुबाती, अनुष्का शेट्टी, जुनियर एनटिआर, नागार्जुन, राम चरण, जगपति बाबूलगायत सुस्मिता सेन पनि विवाह समारोहका लागि जयपुर पुगिसकेका छन् । सामाजिक सञ्जालमा बाहुबली टिमसँग राजामौलीले गरेको डान्स अहिले भाइरल भइरहेको छ ।

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Vega Entertainment (@vegaentertainment) on

यी भिडियोहरुमा राजामौलीसहित प्रभास, राण दग्गुबाती र अनुष्का शेट्टी मिलेर डान्स गरिरहेका देखिन्छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया