इटालियन सिरी ए: रोनाल्डोकाे दुई गोल, युभेन्टसले साम्प्डोरियालाई २–१ ले हरायाे

 पुस १४, २०७५ शनिबार १९:२९:५९ | उज्यालो सहकर्मी

क्रिष्टियानो रोनाल्डोले दुई गोलकाे सहायताले इटालियन सिरी एमा युभेन्टसले साम्प्डोरियालाई २–१ ले हराएकाे छ।

खेलको दोस्रो मिनेटमा नै पाउलो डिबालाको पासमा गोल गर्दै रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाए । ३३औं मिनेटमा साम्प्डोरियाले पेनाल्टी पायो जसलाई फाबिया काग्लियारेल्लाले गोलमा परिणत गर्दै पहिलो हाफअघि खेल १–१ गोलको बराबरीमा पुर्‍याए ।

६५औं मिनेटमा युभेन्टसले पनि पेनाल्टी पायो । यो पेनाल्टीलाई रोनाल्डोले गोल गरेर आफ्नो टिमलाई २–१ को अग्रता दिलाए । बाँकी समयमा गोल हुन नसक्दा युभेन्टस विजयी भयो ।

इटालियन सिरी एमा युभेन्टसमात्र अपराजित टिम हो । १९ खेलमा उसले दुई बराबरी र १७ जित निकाल्दै ५३ अंक बनाएको छ । साम्प्डोरिया भने २९ अंक सहित पाँचाैं स्थानमा छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया