अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारत १३७ रनले विजयी

 पुस १५, २०७५ आइतबार ८:१९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा भारत १३७ रनले विजयी भएको छ । मेलवर्नमा आइतबार पाँचौ दिनको खेलमा अष्ट्रेलियाका बाँकी २ विकेट लिएपछि भारत विजयी भएको हो ।

पहिलो इनिङमा ४३७ रन बनाएको भारतले अष्ट्रेलियालाई १५१ रनमा रोकेको थियो । पहिलो इनिङमा २९२ रनको अग्रता बनाएको भारतले दोस्रो इनिङमा १०६ रन बनाउँदै अष्ट्रेलियालाई ३९९ रनको चुनौती दिएको थियो । जवाफमा अष्ट्रेलियालाई दोस्रो इनिङमा भारतले २६१ रनमा समेट्न सफल भयो ।

अष्ट्रेलियाविरुद्ध भारतका रविन्द्र जेडेजा र जसप्रित बुम्रराहले तीन–तीन विकेट लिँदा इशान्त शर्मा र मोहम्मद सामीले दुई दुई विकेट लिए । अष्ट्रेलियाका पेट क्यूमिन ६३ रनमा आउट भएसँगै अष्ट्रेलियाको भत्किएको थियो । यसैगरी सौन मार्साले  ४४ तथा ट्रेभिस हेडले ३४ रन जोडेका थिए । 

तेस्रो टेस्ट जितेसँगै भारतले सिरिजमा २–१ को अग्रता लिएको छ । अब चौथो टेस्ट जनवरी  ३ तारिखदेखि सिड्नीमा सुरु हुने छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया