साइबर आक्रमण : अमेरिकाबाट प्रकाशन हुने मुख्य पत्रिका प्रभावित

 पुस १५, २०७५ आइतबार १२:३७:४ | एजेन्सी
unn.prixa.net

अमेरिकाबाट प्रकाशन हुने मुख्य पत्रिकामा साइबर आक्रमण भएको छ । आइतबार बिहान ढिलो मात्रै बजारमा पत्रिका आएपछि पत्रिका कार्यालयमा रहेका प्रेस र प्रिन्टिङमा साइबर आक्रमण भएको खबर बाहिरिएको हो । 

द न्युयोर्क टाइम्स, द स्ट्रिट जर्नल, द लस एन्जल्स टाइम्स, सिकागो ट्रिबुनलगायतका पत्रिकामा साइबर आक्रमण भएको बीबीसीले जनाएको छ । साइबर आक्रमणकारीले समाचार लेखन, शेयरिङ, वेबसाइट र पत्रिका छपाउने क्रममा सर्बर बिगार्नुका साथै फोनलाइनसमेत काटिएकाले बजारमा पत्रिका आउन ढिलो भएको खबरमा उल्लेख छ । 

एउटै प्रेसबाट छापिने पत्रिकामाथि निशाना गरेर साइबर आक्रमण भएको पनि अमेरिकी सञ्चारमाध्यमको भनाई छ । आक्रमण अमेरिका बाहिरबाट गरिएको हुनसक्ने अनुमान गरिएको छ । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया