नेपाली चलचित्र चीनमा प्रदर्शन गर्ने तयारीमा छौँ — आकाश अधिकारी

 पुस १५, २०७५ आइतबार १३:२२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाली चलचित्र चीनमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको बताएका छन् । उनी केही समय अघिमात्र चीन गएर फर्किएका थिए । 

चीन भ्रमणबाट फर्किएका अध्यक्ष अधिकारीले वर्षका २ वटा सफल चलचित्रहरुलाई चीनमा पनि प्रदर्शन गर्ने तयारी गरिएको बताए । 

‘द फेडेरेशन अफ मोसन पिक्चर्स, एसिया प्यासिफिक’ नामक संस्थामा विभिन्न २५ देशका निर्माता संघ आवद्ध छन् । यसमा नेपाली चलचित्र निर्माता संघ पनि प्रवेश गर्न सफल भएको छ । यो नेपाली निर्माताहरुका लागि ठूलो सफलता भएको उनले बताए । 

चीनमा आयोजना भएको सम्मेलनमा नयाँ कार्य समिति गठन भएको थियो । त्यो कार्य समितिमा अधिकारी पनि सदस्य बनेका छन् । नेपाली चलचित्र चीनमा प्रवेश गरेको खण्डमा यसले निर्माताहरुलाई ठूलो फाइदा पग्ने अध्यक्ष अधिकारीको विश्वास छ । 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया