अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
कञ्चनपु्र – निर्मला पन्त हत्याकाण्डमा गल्ती गर्ने सबै प्रहरीमाथि कारबाही हुने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताउनुभएको छ ।
आइतबार महेन्द्रनगर पुग्नुभएका प्रहरी महानिरीक्षक खनालले नागरिक समाज र पत्रकारसँगको भेटघाटका क्रममा निर्मलाको घटनामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न प्रहरीमाथि कारबाही अगाडि बढाइएको बताउनुभएको हो ।
उहाँले माथिल्लो तहका प्रहरीमाथी विभागले कारबाही गरेको बताउँदै कार्बाहीका लागि अपराध अनुसन्धान विभागमा पत्राचार गरिसकेको बताउनुभयो ।
‘उच्चस्तरीय छानबिन समिति र प्रहरीको आन्तरिक छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका प्रहरीमाथि कारबाहीका लागि हामीले प्रक्रिया अगाडि बढाइसकेका छाैं’, उहाँले भन्नुभयो ‘त्यसमा संलग्न देखिएका माथिल्लो तहलाई विभागले कारबाही गर्छ । तल्लो तहका कर्मचारीलाई कारबाहीका लागि जिल्ला प्रहरीमा पत्राचार गरेको छु ।’
उहाँले निर्मलाको घटना र अनुसन्धानको पाटो सबैको चासोको विषय भएको बताउँदै त्यसमा संलग्न व्यक्ति कुनै पनि हालतमा नउम्किने बताउनुभयो ।
प्रहरीले घटनासँग जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याएको बताउँदै अनुसन्धानमाथि विश्वास गरिदिन आग्रह समेत गर्नुभयो ।
स्थानीयको सहयोग भएका प्रहरीलाई सहयोग हुने बताउँदै प्रमाण खोजेर अनुसन्धान गर्नुभन्दा प्रमाणका आधारमा अनुसन्धान गर्न प्रहरीलाई सहयोग हुने उहाँले बताउनुभयो ।
‘प्रहरी आफैले प्रमाण संकलनदेखि अनुसन्धान गर्न गाह्रो हुन्छ’, उहाँले भन्नुभयो ‘त्यसैले उसमा स्थानीय र तपाईंहरुको सहयोग आवश्यक छ ।’
उहाँले निर्मलाको घटनामा प्रहरीको छविमाथि नै दाग लागेको बताउँदै यसको अनुसन्धान र कारबाहीमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
प्रहरी महानिरीक्षक खनाललसँगको भेटमा पत्रकार तथा नागरिक समाजका प्रतिनिधिले अनुसन्धानका क्रममा रहेका विषयलाई बाहिर ल्याएर प्रहरीले जनविश्वास गुमाएको बताएका थिए ।
निर्मलाको न्यायका लागि आन्दोलनरत नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले प्रहरीले प्रतिवेदनमा उल्लेख भएका व्यक्तिबाटै अनुसन्धानलाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।