इंग्लिस प्रिमियर लिग: चेल्सीले क्रिष्टल प्यालेसमाथि १–० को जित निकाल्याे

 पुस १५, २०७५ आइतबार २०:६:१३ | उज्यालो सहकर्मी

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसमाथि १–० को जित निकालेको छ ।

जितसँगै चेल्सी ४३ अंकका साथ चौथो स्थानमा छ । हार ब्यहाेरेकाे क्रिष्टल प्यालेस १९ अंकका साथ १४औं स्थानमा यथावत रहेको छ।

पहिलो हाफ गोलरहित बराबरी खेलेकोमा चेल्सीले निर्णायक गोल ५१औंं मिनेटमा गरेको थियो । चेल्सीका लागि डेभिड लुइजको पासमा कान्टेले गोल गरेका हुन् । त्यसपछि थप गोल नभएपछि चेल्सी १–०ले विजयी हुन सफल भएकाे हाे ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया