६२ लागे हास्य कलाकार राजाराम पौडेल: यसरी मनाइयो जन्मदिन

 पुस १५, २०७५ आइतबार २०:५५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - हास्य कलाकार राजाराम पौडेलले आज जन्मदिन मनाएका छन् । उनी आजबाट ६१ पूरा भएर ६२ वर्ष लागेका छन् । 

राजाराम यतिबेला मह सञ्चारको निर्माणमा बन्दै गरेको चलचित्र दालभात तरकारीको छायांंकनमा व्यस्त छन् । चलचित्र दालभात तरकारी युनिटले छायांकनस्थलमै हास्यकलाकार राजाराम पौडेलको जन्मदिन मनाएको छ । 

दालभात तरकारी युनिटले उनलाई शुभकामना दिन विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

हरेक हास्य कलाकारको जन्मदिनमा रेडियो अडियोले रेडियो अडियोकै कौशीमा केक काट्ने गरेको छ । यस वर्ष भने दालभात तरकारीको छायांकनमा व्यस्त भएका कारण छायांकनस्थलमा नै उनको जन्मदिन मनाइएको हो । 

उनलाई शुभकामना दिन रेडियोअडियोका कार्यकारी अध्यक्ष दिपेन्द्र खनियासहित रेडियो अडियोको टिम चलचित्र छायांकनस्थलमै पुगेकाथिए । 

राजाराम पौडेल पछिल्लो समय चलचित्रमा व्यस्त हास्यकलाकार हुन् । रेडियो नाटकबाट अभिनययात्रा सुरु गरेका पौडेल अहिले सिनेमामा चल्तीका मुख्य कलाकार हुन् । उनी विशेषत नेपाल टेलिभिजनबाट महका श्रृंखलाआउँदा बढी चर्चित थिए ।

त्योभन्दा बढी चर्चा उनलाई जिरे खुर्सानीले दियो । जिरे खुर्सानी झण्डै एक दशक एनटीभीमा प्रसारण हुने चर्चित हास्यश्रृंखला हो । शिवहरि र जितु नेपाल यसका निर्देशक थिए । यही श्रृंखलाबाट पौडेल सबै दर्शकको मन–मनमा बस्न सफल भए ।

तर पछिल्लो समय नेपाल टेलिभिजनबाट प्रसारण हुने अधिकांश टेलिचलचित्रहरु बन्द भैसकेका छन् । 

चलचित्र दालभात तरकारीमा उनी कलाकारका साथै निर्माता पनि हुन् । त्यस्तै चलचित्र सय कडा दशमा पनि उनी कार्यकारी निर्माताका रुपमा प्रस्तुत भएका छन् ।
पछिल्लो समय हास्यकलाकार राजाराम पौडेल नेपाल टेलिभिजनबाट प्रसारण हँुदै आएको मुन्द्रेको कमेडी क्लबमा सहभागी भएर दर्शकलाई हसाउँदै आएका छन् ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया