साफ महिला च्याम्पियनसीप गराउन नेपाल फुटकल संघ र विराटनगर महानगरबीच सम्झौता

 पुस १६, २०७५ सोमबार ८:१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – पाँचौ साफ महिला फुटबल च्याम्पियनसीप आयोजनाका लागि विराटनगर महानगरपालिका र अखिल नेपाल फुटबल संघ एन्फाबीच सम्झौता भएको छ ।

विराटनगरमा  भएको सम्झौतामा फागुन २८ गतेदेखि सुरु प्रतियोगिताका लागि महानगरले रंगशालामा खेलकुद प्रयोजनका लागि भौतिक पूर्वाधार निर्माण गर्ने भएको छ ।   महानगरका मेयर भीम पराजुलीले साफको आयोजना गर्न पाउनु नै विराटनगरका लागि अवसर भएको बताउनुभयो ।

खेलको माध्यमबाट प्रदेश एकका विभिन्न पर्यटकीय क्षेत्रलाईसमेत टेवा पुग्ने बताउँदै उहाँले  पहिलो अन्तराष्ट्रिय प्रतियोगिताको आयोजनामा कुनै कमीकमजोरी आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्झौताका क्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले अन्तर्राष्ट्रियस्तरबाट ३ सय बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष सहभागिता रहने प्रतियोगिताले विराटनगरको गरिमा बढाउने उल्लेख गर्नुभयो । विराटनगरमा हुने प्रतियोगिताले भारत, भुटान, बंगलादेशका पयर्टकलाईसमेत आकर्षण गर्न सकिने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

सम्झौता अनुसार महानगरले प्रतियोगिता सुरु हुनु १५ दिन अगाडि नै संरचनाहरु निर्माण गरी एन्फालाई हस्तान्तरण गर्नेछ । त्यसैगरी, एन्फाले साफमा सहभागि राष्ट्रका प्रतिनीधि, खेलाडीलाई आमन्त्रण तथा ब्यवस्थापन गर्नेछ  ।

प्रतियोगिताका लागि गृहमन्त्रालयसँग समन्वय गर्दै शान्ति सुरक्षाको ब्यवस्थापन पनि एन्फाले नै गर्ने  छ । साफ आयोजनाका क्रममा भएका आम्दानी तथा खर्चहरुसमेत महानगरलाई जानकारी गराउने सम्झौता पत्रमा उल्लेख छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया