‘घर’ निर्माणमा टुट्यो अर्पण र ऋचाको सहकार्य

 पुस १६, २०७५ सोमबार १०:४२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

निर्देशक तथा अभिनेता अर्पण थापा र अभिनेत्री ऋचा शर्माबीच प्रेम सम्बन्ध रहेको बेला बेलामा चर्चा हुने गरेको छ । उनीहरुले चलचित्रमा पनि सहकार्य गरेर काम गर्दै आएका छन् ।  

केही समयअघि चलचित्र ‘घर’ निर्माणको घोषणा गरियो । उक्त चलचित्रको निर्देशन अर्पण थापाले गर्ने पक्का भइसकेको छ । तर यो चलचित्रमा भने ऋचा सहभागी छैनन् । उनी चलचित्र ‘घर’ मा सहभागी नहुनुलाई धेरैले अर्पण र ऋचाको प्रेम सम्बन्धसँग जोडेर हेर्ने गरेका छन् । धेरैले ऋचा चलचित्र ‘घर’ मा सहभागी नहुनुको कारण उनीहरुको ब्रेकअप भएको पनि बताउने गरेका छन् । 

यस विषयमा निर्देशक अभिनेता अर्पण थापाले भने सबै चलचित्रमा सहकार्य गर्नैपर्छ भन्ने नभएको बताए । एउटा चलचित्रमा काम नगर्ने वित्तिकै सहकार्य नै टुट्यो भन्नु पनि गलत भएको उनको भनाइ छ । केही समय अघि मात्र नायिका ऋचा शर्मासँग मिलेरै सुनकेशरी २ बनाउने बताएका अर्पण यतिबेला ऋचाको साथ छाडेर चलचित्र ‘घर’ बनाउन तम्सिएका छन् । 

यस अघि नै निर्देशक अर्पण थापाले मुखौटा, आधा लभ, सुनकेसरी जस्ता चलचित्र निर्देशन गरिसकेका छन् । तर उनले निर्देशन गरेका कुनै पनि चलचित्रले अपेक्षाकृत व्यापार गर्न सकेका छैनन् । 

चलचित्र ‘घर’को कथा लेखन पनि थापा आफैँले गरेका हुन् भने चलचित्रमा उनको अभिनय पनि रहने बताइएको छ । चलचित्र डीएस डिजिटलको ब्यानरमा निर्माण गर्न लागिएको हो । चलचित्रमा निर्देशक समेत रहेका दीपेन्द्र के खनाल, शर्मिला पाण्डे, सन्तोष अधिकारी निर्माताका रुपमा छन् । 

– उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया