रोजगारीका लागि मलेसिया पुगेका नेपालीले बनाएको फिल्म युट्युबमा

 पुस १६, २०७५ सोमबार १२:४८:४९ | उज्यालो सहकर्मी

सुनाखरी मगर/उज्यालाे

मलेसिया – रोजगारीका लागि मलेसिया आएका नेपालीले बनाएको चलचित्र युट्युब मार्फत सार्वजनिक गरिएको छ । नेपालीले बनाएको चलचित्र ३ साल बुढा सुब्बा म्युजिकले युट्युब मार्फत सार्वजनिक गरेको हो ।

 

मलेसिया आउने कामदारको करार अवधि तीन बर्षको हुने र त्यही अवधिका कुरा देखाइएको निर्माण पक्षले बताएको छ । नेपालबाट आएदेखि नफर्किंदासम्म मलेसियामा भोग्नुपर्ने समस्या, बिताउने जीवनशैली र गर्नुपर्ने कामलाई चलचित्रमा देखाइएको छ ।

मञ्जरी थियटरको प्रस्तुती रहेकोे चलचित्रमा अमीर माबो, रबिन मगर, विशाल बेघा, सुस्मा लिम्बुलगायत को अभिनय छ । मनिपाल राई, कृष्णकुमार राईले संगीत गरेको चलचित्रमा कृष्णभक्त राई, चन्द्रकला राई र नरेन्द्र माबोले स्वर दिएका छन् ।

हेमन्त माबो र बालन्दो माबोको शब्द रहेको चलचित्रको  कथा, निर्देशन र छायाङ्कन बालन्दो माबोले नै गरेका छन् । चलचित्रको मलेसियामै खिचिएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया